१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका महेन्द्रनगर (कञ्चनपुर)
२o८१ जेठ ३ बिहीबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महेन्द्रनगर (कञ्चनपुर)
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:४७:oo

कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुँदै छ । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यसपटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ७ बैजनाथ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको बंगग्राकटान र कञ्चनपुरको डोकेबजारबाट दिउँसोबाट मर्मतसम्भारको काम सुरु हुने जानकारी दिए । ‘सरकारले दिएको जिम्मेवारीअनुसार सशस्त्र प्रहरी बलले आजबाट भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गर्दै छ ।’ उनले भने, ‘विछोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले मर्मत तथा रङरोगन गर्नेछ ।’ कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नम्बर ३५ गण मुख्यालय र कैलालीमा नम्बर ३४ गणले सो कार्य गर्नेछ ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नम्बर ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सुरक्षा समिति र जनप्रतिनिधि र भारतीय सीमा सुरक्षा बल (एसएसबी)समेतको उपस्थितिमा सोमबार दिउँसो डोकेबजारस्थित मुख्य सीमास्तम्भ ७५३ बाट मर्मतको काम सुरु हुने जानकारी दिए ।

‘कञ्चनपुरमा पर्ने मुख्य सीमास्तम्भमध्ये ६६ वटा सशस्त्र प्रहरी बलले मर्मत गर्नेछ भने १३ वटा एसएसबीले गर्नेछ ।’ प्रहरी उपरीक्षक रावलले भने, ‘त्यसका लागि सरकारले नापी विभागबाट समेत एकजना प्रतिनिधि खटाएको छ ।’

उनले  वि.सं. २०१४ पछाडि बनेका सीमास्तम्भ मात्रै मर्मतसम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको बताए । पछिल्लो केही वर्षयता सुदूरपश्चिम प्रदेशका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ ।

ad
ad