१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format o७:o७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सहिद पन्तको सालिक तोडफोड गर्ने १८ विरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format o७:o७:oo

सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका १८ जना नेता–कार्यकर्ताविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालयले पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका राप्रपाका १८ जना नेता–कार्यकर्ताविरुद्ध आइतबार मुद्दा दायर गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाले भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरस्थित सहिद पन्तको सालिक तोडफोड गर्ने राप्रपा कञ्चनपुरका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावल, आकाश जोशी, विनोद चन्द, कृष्णबहादुर चन्द, रमेश बाग, कमलेशसिंह ठकुरी, भूपेन्द्रराज पन्त, मोहितप्रसाद पन्त, उपदेश सिंह, विराट विष्ट, कमल चन्द, सुजल खड्का, विवेक चन्दविरुद्ध मुद्दा दायर गरेर कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

राप्रपा कञ्चनपुरको आयोजनामा शुक्रबार संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध विरोध प्रदर्शन थियो । प्रदर्शनका कार्यक्रममा आन्दोलनकारीले पार्कभित्र रहेको सालिक तोडफोड गरेका थिए ।