Skip This
अलपत्र रामराजा सिंह प्रतिष्ठान निर्माणको माग गर्दै आन्दोलन 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १५:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अलपत्र रामराजा सिंह प्रतिष्ठान निर्माणको माग गर्दै आन्दोलन 

पहिलो दिन जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १५:३२:oo

अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका- १० विरौलस्थित निर्माणाधीन रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले आन्दोलन सुरु गरेको छ।

युथ नेपालको शनिबार बसेको बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरी आन्दोलनको कार्यक्रम घोषणा गरिएको थियो। त्यसअनुसार आइतबार पहिलो दिन जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। 

प्रतिष्ठान निर्माण कार्यलाई यथाशीघ्र सञ्चालनमा ल्याई नेपाली जनतालाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि सहयोग गरिदिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ। काम सुरु नभए उनीहरू निरन्तर आन्दोलनमा रहनेसमेत चेतावनी दिएका छन्। 

सोमबार (भाेलि) र्‍याली प्रदर्शन गर्ने, १२ गते मंगलबार सिटी जुलुस प्रदर्शन गर्ने, १३ गते बुधबार दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घन्टा धर्ना दिने र १५ गते शुक्रबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दुई घन्टा धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ।

एकहप्ते आन्दोलनपछि पनि सरकार गम्भीर नभए बैठक बसेर पुनः अर्को चरणको आन्दोलन घोषणा गर्ने सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले यो सबैको आन्दोलन रहेको भन्दै जिल्लाका राजनीतिज्ञ, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, सञ्चारकर्मीसहित सबैसँग आग्रहसमेत गरेका छन्।

०७५ सालमा नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माणकार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। यद्यपि, अहिलेसम्म डिपिआर निर्माणबाहेक त्यहाँ केही काम भएको छैन।