१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भलिबल प्रतियोगिताको उपाधि इन्द्रेणी युवा क्लब रातोको पोल्टामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

प्रतियोगितामा प्रथम भएसँगै इन्द्रेणी युवा क्लब रातोले नगद एक लाख पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता इन्द्रेणी युवा क्लब निलोले ६० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारमा आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधि मर्स्याङ्दी- ७ इन्द्रेणी युवा क्लब रातोले जितेको छ । हरिबोधनी एकादशीको अवसरमा आयोजिना गरिएको खुला भलिबल प्रतियोगितामा मर्स्याङ्दी- ७ नयाँगाउँकै इन्द्रेणी युवा क्लब निलो उपविजेता बनेको छ ।

खुला भलिबल प्रतियोगितामा प्रथम भएसँगै इन्द्रेणी युवा क्लब रातोले नगद एक लाख पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता इन्द्रेणी युवा क्लब निलोले ६० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ ।

एकादशी मेला ०८० को अवसरमा मंसिर ७ गतेदेखि ९ गतेसम्म आयोजना गरिएको मेलामा सांस्कृतिक, भलिबल र छेलो प्रतियोगिताको आयोजना गरिएको थियो । 

हरेक वर्ष हरिबोधनी एकादशीको अवसरमा आयोजना गरिने मेलाले संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक पर्यटनको विकास, होमस्टे गाउँहरूको प्रचारप्रसारमा सहयोग पुग्ने मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए।