Skip This
नजरबन्दमा राखेकाे भन्दै दुर्गा प्रसाईंद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ८ शुक्रबार १५:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नजरबन्दमा राखेकाे भन्दै दुर्गा प्रसाईंद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १५:४६:oo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कानुनविपरीत घरमा नजरबन्दमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर भएको छ। 

शुक्रबार ललितपुरनिवासी डा. सुरेन्द्र भण्डारीमार्फत प्रसाईंले जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाई बन्दी प्रत्यक्षीकरणकाे निवेदन दर्ता गराएका हुन्। सर्वाेच्चले १० मंसिरलाई तारेख ताेकेकाे छ। 

सुरक्षाकाे कारण देखाउँदै पुरानो ठिमीस्थित प्रसाईंको निवास क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। बिहीबार बल्खु क्षेत्रमा प्रदर्शन गरेका प्रसाईंका समर्थकले शुक्रबार भक्तपुर, तीनकुने र बल्खुमा प्रदर्शन गरेका छन्।अनुमतिविना प्रदर्शन गर्न खोजेकाे भन्दै प्रहरीले प्रसाईंका केही समर्थकलाई नियन्त्रणमा लिएकाे छ।