१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ६ बुधबार
  • Saturday, 28 September, 2024
२o८o मङ्सिर ६ बुधबार २१:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुईवटा मोटरसाइकल जुध्दा तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ६ बुधबार २१:२o:oo

हुलाकी राजमार्गअन्तर्गत सिराहाको सन्हैठामा दुईवटा मोटरसाइकल आपसमा जुध्दा तीनजनाको मृत्यु भएको छ।

सिराहा नगरपालिका– १९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स. २ प ४५३१ नम्बरको मोटरसाइकल र अकोतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो।

दुर्घटनामा दुवै मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका– ५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। 

तीनैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल सिराहामा ज्यान गएको हो। सोही ठाउँका १५ वर्षीय युवराजकुमार यादव गम्भीर घाइते भएको र थप उपचार गर्न विराटनगर रेफर गरिएको प्रवक्ता डिएसपी पाण्डेले बताएका छन्।