
गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य–अनुभव रहेका गुरुङलाई सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नवनियुक्त गुरुङ वित्तीय संस्थाहरूको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित भएको बैंकको भनाइ छ । उनी यसअघि साइन रेसुंगा डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाइनान्सको सञ्चालकको भूमिकामा रही कार्यसम्पादन गरिसकेको उल्लेख छ ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत गुरुङले बैंकको उच्च व्यवस्थापनमा आबद्ध भई बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहं भूमिका रहने बताए ।