१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दक्षिण अफ्रिका पाँच विकेटले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:१७:oo

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत ४२औँ खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पाँच विकेटले हराएको छ । अहमेदाबादमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ४४ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले ४७.३ ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ३७ रन जोड्यो । 

जितसँगै दक्षिण अफ्रिकाले नौ खेलमा सात जित र दुई हार निकाली १४ अंक जोड्यो । विश्वकपमा दक्षिण अफ्रिकाले सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध खेल्ने पक्का भइसकेको छ । अफगानिस्तान भने आठ अंकका साथ छैटौँ स्थान रक्षा गरेको छ । चालू विश्वकपमा अफगानिस्तानले उपाधि दाबेदार टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । पूर्वविश्वकप विजेता पाकिस्तान र श्रीलंकामाथि अफगानिस्तानले सानदार जित निकालेको थियो । यसैगरी, साबिक विजेता इंग्ल्यान्डलाई समेत अफगानिस्तानले स्तब्ध बनायो । 

लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाका लागि सहज भएन । अफगानी बलरले कसिलो बलिङ गर्दा दक्षिण अफ्रिकाले मध्यम योगफल पार लगाउन संघर्ष गरेको देखियो । इनिङ्सको ३७.१ ओभरमा दक्षिण अफ्रिका १८२/५ को स्थितिमा थियो । एन्डीले फेलुकवायो र भान डेर डुसेनले छैटौँ विकेटका लागि ६२ बलमा ६५ रन जोडेपछि दक्षिण अफ्रिकाले १५ बलअघि नै जित निकाल्यो ।

एन्डीलेले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गरी ३९ रन जोडे । भान डेरले ९५ बलको सामना गरी ७६ रन बटुले । उनले ६ चौका र एक छक्का प्रहार गरे । अफगानिस्तानका लागि मोहमद नाबी र रसिद खानले समान दुई विकेट लिए । यसअघिको ब्याटिङमा अफगानिस्तानका लागि अजमतुल्लाह ओमाजीले शतक बनाउन चुके । उनी ९७ रनमा नटआउट रहे ।