१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब सबै माओवादी घटकहरूको छिट्टै एकता हुन्छ : प्रचण्ड 

थबाङ कम्युनिस्ट विचारको केन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थबाङ कम्युनिस्ट विचारको केन्द्र भएको बताएका छन्।

उनले विप्लव नेतृत्वको नेकपासँग छिट्टै एकता हुनेसमेत बताएका छन्। शुक्रबार रोल्पाको थबाङमा नवनिर्मित पक्की पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादी विभाजनले मुलुकलाई नै क्षति पुगेको दाबी गर्दै सबै माओवादी घटकहरूको एकता सुरु भएको बताए।

‘शान्ति प्रक्रियापछि भएको माओवादी विभाजनले धेरै क्षति पुगेको सबैले महसुस गरेका छौँ,’ प्रचण्डले भने, ‘अहिले क्रमशः एकताको निम्ति वातावरण बन्दै छ, विप्लवजीहरू पनि एकता, ध्रुवीकरणको मुद्दामा एकमत हुनुहुन्छ। अब सबै माओवादी घटकहरूको छिट्टै एकता हुन्छ।’ 

अर्को प्रसंगमा प्रचण्डले अहिलेसम्म नभएको सुशासन अभियानको सुरुवात आफ्नो नेतृत्वको सरकारले गरेको दाबी गरे। ‘नक्कली भुटानी शरणार्थी, ललितानिवास प्रकरणलगायतमा सरकारले चालेको यति ठूलो अभियान अहिलेसम्म चलेको थिएन,’ दाहालले भने, ‘सुशासन कायम गर्ने कुरा समाजवादको आधार तयार गर्ने कुरा पनि हो, सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ।’ 

प्रचण्डले रेउघामा रोल्पा अस्पताल भवन उदघाटन गरेसँगै लिबाङमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।