१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खुदीमा एकादशी मेला, भलिबलको पुरस्कार नै डेढ लाख 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

सांस्कृतिक र धार्मिक रूपले महत्वपूर्ण मानिएको हरिबोधनी एकादशीको अवसरमा मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारमा भव्य मेलाको आयोजना गरिने भएको छ।

‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ स्थानीयको सक्रियतामा मंसिर ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गरिने भएको हो।

खुदी युथको आयोजनामा हुने मेलामा खुला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, कृषि उपज प्रदर्शनी, निःशुल्क आँखा शिविर, फूलको डोली तार्ने, भजनकीर्तन र होमस्टे गाउँको सांस्कृतिक प्रस्तुतिको साथै अर्गानिक खानेकुरा प्रस्तुत गरिनेछ।

खुला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार एक लाख र उपविजेतालाई ६० हजार राखिएको छ। टिम दर्ता शुल्क ६ हजार राखिएको छ। छेलो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार व्यवस्था गरिएको खेलकुद समितिका संयोजक रवि थापाले बताए। 

मर्स्याङ्दी– ३ खुदीस्थित अमर माध्यमिक विद्यालयको खेलमैदानमा तीन  दिनसम्म सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन विभिन्न समितिहरू गठन गरिएको खुदी युथका अध्यक्ष सोम तामाङले जानकारी दिए।

बिहीबार वडा नं. ३ को कार्यालय खुदीमा वडाध्यक्ष दुधमान तमाङको अध्यक्षता र गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा भएको बृहत् भेलाले मेला सम्पन्न गर्न विभिन्न समिति र सल्लाहकार समिति गठन गरेको हो। 

एकादशी मेलाका दिन सिम्पमनी बगैँचा, खुदीदेखि भुलभुले बजार क्षेत्रमा बाटो सफाइ तथा घरअगाडि घडा–कलश राखेर सजाउन सबैलाई आग्रह गरिएको छ। 

तयारी भेलामा सम्बोधन गर्दै मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हरिबोधनी एकादशीको अवसरमा प्रत्येक वर्ष सञ्चालन गरिने मेलाले पालिकामा पर्यटन प्रवर्द्धनका लागि मद्दत गर्ने बताए।

परम्परागत संस्कार संस्कृतिको अवलम्बन गर्दै एकादशीको दिनमा गरिने पूजा–आरधनाले संस्कृतिको संरक्षण हुने र मेलाले स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक पर्यटनको विकास, होमस्टे गाउँहरूको प्रचारप्रसारमा सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए।