१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:o८:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दीर्घरोगीले ख्याल गरौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:o८:oo

चाडपर्वमा मानिसहरू फुर्सदमा हुन्छन् । अन्य समयको दाँजोमा मानिसले धेरै भोजन गर्छन् । खानपानले तपाईंको स्वास्थ्यलाई असर गर्न सक्छ । तसर्थ, सन्तुलित भोजनमा जोड दिनुपर्छ । दीर्घरोगीले खानपानमा अझै विशेष ध्यान दिनुपर्छ । 

प्रेसर, सुगर, दम रोग, मिर्गाैला, मुटुजस्ता रोगीले आफ्नो विशेष ख्याल गर्नुपर्छ । तपाईंले सेवन गरिरहनुभएको औषधिको डोज मिलाएर सेवन गर्न बिर्सनुहुँदैन ।

सुगर भएकाले गुलियो खानेकुरा खानुहुँदैन । चाडपर्वमा मासुको परिकार धेरै बनाएर खाइन्छ । भुटेको, तारेको मासु प्रयोग हुन्छ । त्यसमा नुनको मात्रा धेरै प्रयोग हुन्छ । बढी चिल्लो र नुनिलो खानपान स्वास्थ्यका लागि राम्रो होइन । 

बासी खानेकुरा सकेसम्म नखानुहोस् । बासी खाँदा फुड पोइजन हुन सक्छ । सकेसम्म धेरै मासु नखानु नै राम्रो हुन्छ । एक हप्तामा एक व्यक्तिले आधा केजीभन्दा बढी मासु खानु भनेको शरीरका लागि हानिकारक छ । दिनमा ७० ग्राम मात्रै खाँदा राम्रो हुन्छ । तसर्थ, मासुको कमभन्दा कम प्रयोग गर्नुस् । 

समयमा नै सुत्ने बानी गर्नुपर्छ । आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ । जंकफुडबाट टाढा रहनुपर्छ । मदिरा र धूम्रपानले पनि विभिन्न समस्या निम्त्याउँछन् । त्यसकारण, यस्ता खराब खानपानबाट टाढै रहनु राम्रो हुन्छ । शारीरिक रूपमा सक्रिय रहनुपर्छ । नियमित व्यायाम गर्नु राम्रो हुन्छ ।