१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १७ शुक्रबार ११:o६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

श्रम स्वीकृतिलगायतका नक्कली कागजात बनाउने दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार ११:o६:oo

श्रम स्वीकृतिलगायतका नक्कली कागजात बनाएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौं वनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र गोरखा बारपाक सुलिकोट गाउँपालिका–४  घर भई काठमाडौं नागार्जुन नगरपालिका–१, रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल रहेका छन् । 

भिजिट भिसामा विदेश ‍जान लागेका व्यक्तिहरूको कागजात शंकास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ कात्तिकमा पठाइएका कागजातमध्ये सुजल हेङ्गजुको नामको श्रम स्वीकृति नक्कली देखिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने दुवैजनालाई काठमाडौं महानगरपालिका–१३, सोल्टीमोडस्थित वैदेशक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट पक्राउ गरेको हो ।

साथै, उक्त ट्राभल्सको कोठाबाट मोबाइल दुई थान र सिपियू एक थानसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।