१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format १o:१६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सशस्त्र प्रहरीले सुरु गर्‍यो सीमास्तम्भको मर्मत र रङरोगन

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १o:१६:oo

मधेश प्रदेशमा ८४९ वटा सीमास्तम्भ गायब

नेपाल–भारतको दशगजामा पर्ने सीमास्तम्भको मर्मतसम्भार तथा रङरोगन मधेस प्रदेशबाट सुरु भएको छ । सशस्त्र प्रहरी बल मधेसश प्रदेशका डिआइजी दीपेन्द्र शाहले धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका– ६ स्थित जटहीमा सीमास्तम्भको पिलर नम्बर २८५/५ को मर्मतसम्भार तथा रङरोगन गरी अभियानको सुरुवात गरेका हुन् ।

नेपाल–भारतको दशगजामा पर्ने जोर नम्बरको पिलरको मर्मतसम्भार तथा रेखदेखको जिम्मेवारी भारतीय पक्ष र बिजोर नम्बरको पिलरको जिम्मेवारी नेपालको सशस्त्र प्रहरी बलको छ । भारतीय पक्षले केहीअघि नै आफ्ना जिम्मेवारीमा रहेको जोर नम्बरको पिलरको मर्मतसम्भार तथा रङरोगन गरिसकेको छ । १९ साउन ०७७ मा बसेको मन्त्रिपरिषद् बैठकले बिजोर नम्बरका सीमास्तम्भको मर्मतसम्भार तथा रंगरोगन कार्यको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको थियो ।

सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निर्माण, मर्मतसम्भार र पुनस्र्थापनासम्बन्धी मापदण्ड, २०८०’ बमोजिम बिजोर नम्बरका सीमास्तम्भको मर्मतसम्भार र रङरोगन सुरु भएको शाहले बताए । लामो समयदेखि सीमास्तम्भको मर्मतसम्भार नहुँदा सीमावर्ती क्षेत्रका सीमालाई नै लिएर नेपाल–भारतका नागरिकबीच विवाद हुने तथा सीमावती क्षेत्रमा कुनै आपराधिक क्रियाकलाप भएमा त्यसलाई कुन देशको प्रशासनले हेर्नेलगायत विवाद हुने गरेको थियो ।

यस्तो अवस्थामा पिलरको मर्मतसम्भार तथा रङरोगनले सीमास्तम्भको आयु बढ्ने भएकाले मर्मतसम्भार थालिएको डिआइजी शाहले बताए । मधेश प्रदेशका आठवटै जिल्लामा जीर्ण रहेका करिब हजार सीमास्तम्भलाई मर्मतसम्भार तथा रङरोगन सुरु भएको उनको भनाइ छ । धनुषामा चार सय ९९ पिलर रहे पनि पहिलो चरणमा एक सय पाँचवटा पिलरको रङरोगन तथा मर्मतसम्भार गर्नुपर्ने सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिए । 

सप्तरीको गोबरगाढादेखि पर्साको ठोरीसम्म चार सय ६४ किलोमिटर मधेश प्रदेशको सीमा भारतको बिहार राज्यसँग जोडिएको छ । चार सय ६४ किलोमिटर लामो दूरीमा चार हजार २७ वटा सीमास्तम्भ थियो । त्यसमध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेको, सात सय चारवटा मर्मत गर्नुपर्ने, तीन सय १९ वटा पूर्ण रूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएको र आठ सय ४९ वटा सीमास्तम्भ हराएको वा गायब भएको सशस्त्र प्रहरी बल मधेश प्रदेशका कार्यालयका एक अधिकारीले जानकारी दिए । 

यस्तै, महोत्तरीको मटिहानीस्थित सीमास्तम्भ संख्या २९५/८ लाई रङरोगन गर्दै बिहीबारदेखि मर्मत सुरु गरिएको छ । महोत्तरीका २५० सीमास्तम्भमध्ये १४ सीमास्तम्भ पहिलो चरणमा मर्मत गरिने भएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सीमास्तम्भ संरक्षणको आवश्यकता भएर यसको मर्मत सुरु गरिएको बताए ।