१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालको स्वास्थ्य क्षेत्र सुधार्न विश्व बैंकले १३ अर्ब ८० करोड दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:oo:oo

 विश्व बैंकले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि करिब १३ अर्ब ८० करोड रुपैयाँ (१०३.८४ मिलियन अमेरिकी डलर) वैदेशिक सहायता दिने भएको छ । जसमध्ये एक सय मिलियन डलर सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संगठन (आइडिए)मार्फत र ३.८४ मिलियन डलर हेल्थ इमर्जेन्सी प्रिपेडनेस एन्ड रेस्पोन्स ट्रस्टमार्फत अनुदान दिने उल्लेख छ । बिहीबार विश्व बैंक र नेपाल सरकारबीच डिजिटल रूपमा हस्ताक्षर भएको वित्तीय सम्झौता आदान–प्रदान भएको छ । डिजिटल रूपमा हस्ताक्षर भएको विश्व बैंक सहायताको पहिलो परियोजना हो ।  

नेपालको तर्फबाट अर्थसचिव कृष्णहरि पुष्कर र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जर्भाेसबीच सम्झौता भएको छ । यो सम्झौतापत्र आदान–प्रदान अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंकका व्यवस्थापकीय निर्देशक अन्ना जर्दे र बैंकको दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरको सहभागितामा भएको थियो । 

यो कार्यक्रम संघीय तहमा स्वास्थ्य बिमा बोर्ड र कोसी तथा गण्डकीका स्थानीय तहको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयन गर्नेछ । ‘गुणस्तरको स्वास्थ्य सेवा मानव पुँजी विकासको आधारशिलाका रूपमा काम गर्छ । नेपाल क्वालिटी हेल्थ सिस्टम्स प्रोग्राम अपरेसनले तय गरेको बृहत् सुधार एजेन्डा उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न निर्णायक हुनेछ,’ अर्थसचिव डा. कृष्णहरि पुष्करले भने ।नेपालमा एक लचिलो र समावेशी जनस्वास्थ्य प्रणाली निर्माण गर्न सरकारसँग काम गर्न प्रतिबद्ध रहेको फारिसले बताए । उनले भने, ‘यसले उत्पादकत्व र मानव पुँजी विकासमा योगदान पु¥याउँछ, जुन दिगो आर्थिक वृद्धिका लागि आधारभूत विषय हो ।’ 

ad
ad