
जहाजको टिकट नपाएपछि हुम्लामा परीक्षार्थीहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। कात्तिक १८ गते शनिबार हुन लागेको अध्यापन अनुमतिपत्रको परीक्षाका परीक्षार्थीहरूले धर्ना दिएका हुन्।
निजी एयरलाइन्सका जहाजहरूले मनपरी र भनसुनका आधारमा टिकट वितरण गरेपछि उनीहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।
२७ परीक्षार्थीहरूले प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई ध्यानाकर्षणसमेत गराएका थिए। धर्ना दिएसँगै शुक्रबार बिहान नेपाल एयरलाइन्सले १४ र समिट एयरलाइन्सले १३ परीक्षार्थीलाई जहाज टिकट दिने सहमति भएको छ।