१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १६ बिहीबार ११:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मिर्गाैला समस्याकाे कारण र बच्ने उपाय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार ११:२९:oo

मिर्गाैला रोगलाई पाँच चरणमा विभाजन गरिन्छ । पहिलो, दोस्रो र तेस्रोलाई प्रारम्भिक चरण भनिन्छ । पहिलो र दोस्रो चरणमा अधिकांशमा खास कुनै लक्षण देखिँदैन । यद्यपि, कसै–कसैलाई शरीर सुन्निने, शरीरको मासु दुख्ने, भोक नलाग्ने, थकान लाग्ने, बिस्तारै समस्या बढ्दै गएर श्वास फेर्न गाह्रो हुने, प्रेसर बढेर जानेजस्ता लक्षण देखिन्छ । 

एड्भान्स स्टेज (चौथो–पाँचौँ) मा गएपछि रगतको कमी हुने, हिँड्न गाह्रो हुने, खानेकुरा नपच्ने, बान्ता हुनेजस्ता समस्या देखिन्छन् । अन्तिम अवस्थामा पुगेपछि हाइपर केलेमिया भएर मुटु बन्द हुने अवस्था आउँछ, ज्यानै जाने जोखिम पनि हुन्छ । 

कारण 
- मिर्गाैला रोगको प्रमुख कारण मधुमेह हो । संसारभरको डाटाले यही देखाउँछ । मधुमेह दीर्घकालीन रोग हो । तसर्थ, सुगरको मात्रालाई नियन्त्रण गरिएन भने मिर्गाैलामा समस्या आउन सक्छ । 

- उच्च रक्तचापले पनि मिर्गाैलामा समस्या निम्त्याउँछ । उच्च रक्तचापलाई नियन्त्रण गरेन भने पनि समस्या निम्त्याउँछ ।

- कतिपयलाई वंशानुगत वा जन्मिदै दुवै मिर्गाेलामा स–सानो पानीको फोका हुन्छ । उमेरअनुसार बढ्दै जान्छ । जसले गर्दा मिर्गाैलामा समस्या देखिन्छ । 

- बारम्बार पिसाबको इन्फेक्सन हुँदा पनि मिर्गौलामा समस्या हुन्छ । पिसाबको बाटो ब्लक हुनु, पिसाबनलीमा ढुंगा बढ्नुले पनि समस्या देखिन्छ । मिर्गाैलामा पत्थरी हुँदा पनि समस्या हुन्छ । 

- लामो समयसम्म पेनकिलर सेवन गर्दा पनि समस्या आउँछ । पानीको मात्रा नपुग्दा पनि समस्या देखिन्छ । 

बच्ने उपाय 
- पहिलो आफू शारीरिक रूपमा स्वस्थ रहनुपर्छ । यसका लागि पर्याप्त शारीरिक अभ्यास गर्ने, समयमै सुत्ने र समयमै उठ्ने, सन्तुलित भोजन गर्नेलगायत काम गर्नुपर्छ । 

- दैनिक कम्तीमा ४० मिनेट शारीरिक व्यायाम गर्नुपर्छ । जगिङ, साइक्लिङजस्ता व्यायाम गर्न सकिन्छ । 

- मधुमेह भएका बिरामीले चिकित्सकको परामर्शमा खानपिन र औषधि सेवन गरेर यसलाई नियन्त्रणमा राख्नुपर्छ । 

- उच्च रक्तचापलाई नियन्त्रणमा राख्नुपर्छ । रक्तचाप धेरै छ भने औषधि सेवन गर्नुपर्छ । शरीरको तौल पनि सन्तुलनमा राख्नुपर्छ । 

- मासु कम खानुपर्छ । त्यस्तै, खानामा नुनको मात्रा कम गर्नुपर्छ । 

- फलफूलको मात्रा बढाउनुपर्छ । प्रोटिन, फाइबर, आइरनले भरिपूर्ण खाद्य पदार्थ धेरै खानुपर्छ । जंकफुडको सेवन गर्नुहुँदैन । यसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । 

- धूम्रपान र मद्यपान गर्नुहुँदैन । पर्याप्त मात्रामा पानी पिउनुपर्छ । पानीले शरीरमा रहेका विकारलाई बाहिर निकाल्न सहयोग गर्छ । त्यस्तै, शरीरलाई हाइड्रेट राख्छ । मिर्गौलाका लागि पनि यो फाइदाजनक छ । 
- डाक्टरको सल्लाहविना जथाभावी औषधि सेवन गर्नुहुँदैन । 

ad
ad
ad
ad