१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १५ बुधबार १६:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाली टोली विश्वकपमा छनोट भए नोबेल मेडिकल कलेजले १५ लाख दिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १६:o९:oo

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियललाई प्रोत्साहनस्वरुप रु. १५ लाख दिने घोषणा गरेको छ।  

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भोगेन्द्र प्रसादद्वारा आज जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियललाई एकमुस्ट रु. १५ लाख दिने उल्लेख गरिएको छ। अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप रु. पाँच लाख प्रदान गर्ने विज्ञप्तिमा जनाएको छ। 

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध–निर्देशक र हाल मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरूलाई निःशुल्क एवं सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ। 

नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा. शर्माले बताए।    

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ। 

नेपालले पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गर्दै विजयी भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएउँदै सेमिफाइनलमा पुगेको हो। 

अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने टी–२० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छ्न्। जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपका लागि छनोट हुनेछन्।

नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। त्यस्तै समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, बहराइन र कुवेत छन्। नेपालले अब आफ्नो तेस्रो खेल भोलि ओमानसँग खेल्नेछ।