१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वार्षिकोत्सवमा सांग्रिला डेभलपमेन्ट बैंकको विभिन्न कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:४९:oo

 सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले मन्दिर सरसफाइ, अस्पताललाई सहयोग, रक्तदान तथा कर्मचारीहरूलाई सम्मान गरेर वार्षिकोत्सव मनाएको हो ।

 बैंकले बैंकका कर्मचारीहरू तथा सामुदायिक प्रहरी सेवा केन्द्रको सहभागितामा काठमाडौंको टुँडालदेवी मन्दिरपरिसर सरसफाइ गरेको जनाएको छ । त्यस्तै, बैंकको केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत तिलगंगा आँखा अस्पताललाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ । 

वार्षिकोत्सवकै अवसर पारेर बैंकको केन्द्रिीय कार्यालय र नेपालगन्ज क्लस्टर कार्यालयमा गरी जम्मा एक सय ३२ जनाले रक्तदान गरेको जनाइएको छ । बैंकका अध्यक्ष सत्यालले बैंकमा ५ वर्षभन्दा बढी अवधि काम गरेका कर्मचारीलाई एक्सेलेन्स अवार्ड वितरण गरेको बैंकले जनाएको छ । 
 

ad
ad