१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागरिक एपमा लाइसेन्स देखाउँदा हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o३:oo

ट्राफिक प्रहरीको कागजपत्र चेकजाँचको क्रममा भौतिक रूपमा सवारीचालक अनुमतिपत्र देखाउन नपर्ने भएको छ । नागरिक एपमार्फत आफ्नो लाइसेन्स देखाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ । तर, सवारी नियम उल्लंघनबापत कारबाहीमा पर्दा भने अनिवार्य रूपमा लाइसेन्स बोक्नुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘कुनै चालकसँग लाइसेन्स छ कि छैन भनेर नागरिक एपबाटै देखाउन सकिन्छ, भौतिक रूपमा लाइसेन्स नबोक्दा कारबाही हुँदैन,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले भने, ‘तर, नियम उल्लंघन गरेर कारबाहीमा पर्दा भने अनिवार्य रूपमा लाइसेन्स बोकेकै हुनुपर्छ ।’ लाइसेन्स तथा ब्लुबुकको डाटा ट्राफिक प्रहरीको सिस्टममा आएपछि नागरिक एपमार्फत नै जरिवाना तथा कारबाही गरिने उनले बताए । त्यसका लागि पनि तयारी भइरहेको उनको भनाइ छ । 

नागरिकका सबै विवरण राख्न मिल्ने गरी सरकारले नागरिक एप बनाएको हो । तर, यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । एपमा नागरिकता, पासपोर्ट, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत विवरण प्राप्त गर्ने, कर तिरेको विवरण हेर्न मिल्नेलगायत सुविधा छन् । तर, प्रत्यक्ष सेवा प्रवाहसँग भने एप जोडिन सकेको छैन ।