१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १३:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महासचिव गुटेरेस आउने भएपछि पोखराको सुरक्षा व्यवस्थामा कडाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१५:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आउने भएपछि त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। 

नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति रामचन्द्र पाडेल, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एपी साउद र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा केपी ओलीसँग भेटघाट गरेका थिए। त्यस्तै, आइतबार साँझ उनले पाटन दरबार क्षेत्रको अवलोकन गरे। 

महासचिव गुटेरेस सोमबार सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम छ। एभरेस्ट भ्यु होटेलमा उनले स्थानीय बासिन्दासँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्क्रिया गरेपछि काठमाडौं फर्किएपछि साँझ उनी पोखरा गएर होटेल फिस्टेलमा विश्राम गर्नेछन्।

मंगलबार उनी अन्नपूर्ण आधार शिविर गएर स्थानीय बासिन्दासँग जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ। सोही दिन पोखराबाट फर्केर उनी लुम्बिनी जाने कार्यक्रम छ। 

मंगलबार नै काठमाडौं फर्किएर अपराह्न ४ बजे उनले संघीय संसद्लाई संयुक्त रूपमा सम्बोधन गर्नेछन्। बुधबार बिहान कतार एयरलाइन्सको उडानबाट उनी दोहा प्रस्थान गर्ने कार्यतालिका छ।

तस्बिर : राधिका कँडेल/रासस