१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १३ सोमबार o६:१३:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इजरायलमा ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान

बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजीकार्य जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार o६:१३:oo

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव पहिचान भएको छ । यसअघि चारजना विद्यार्थीको शव स्वदेश ल्याएर दाहसंस्कार भइसकेको छ । 

इजरायलस्थित नेपाली राजदूतावासले आइतबार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको जानकारी दिएको छ । यसअघि ५ कात्तिकमा नेपाली विद्यार्थीहरू नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट, गणेशकुमार नेपाली र आशिष चौधरीको शव नेपाल ल्याइएको थियो ।

उनीहरूको अन्त्येष्टि भइसकेको छ । मृतकमध्ये धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको शव पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ । 

यसैबीच, नेपाली दूतावासले उपलब्ध सम्पूर्ण संयन्त्र/माध्यमहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा प्रयास केन्द्रित गरेको जनाएको छ । उनी २० असोजदेखि बेपत्ता छन् । उनीसँगै रहेका विद्यार्थीहरूले उनलाई हमास समूहले कब्जामा लिएर गएको बताउँदै आएका छन् ।