
टी–२० ट्रयांगुलर सिरिजको फाइनलमा उत्कृष्ट ब्याटिङ गरेका कुशल भुर्तेल आउट भएका छन् ।
कीर्तिपुरस्थित क्रिकेट खेलमैदानमा २८ बलमा ५० रन पूरा गरेलगत्तै उनी बोल्ड हुन पुगे । टी–२० मा यो उनको छैटौँ अर्धशतक हो । ६ चौका र तीन छक्का प्रहार गरिसकेका कुशललाई जहुर खानले बोल्ड गरेका हुन् ।
कप्तान रोहित पौडेल र अर्का विस्फोटक ब्याटर दीपेन्द्रसिंह ऐरी अहिले क्रिजमा छन् । नेपालले आसिफ शेख र कुशल मल्ललाई पनि गुमाइसकेको छ । यी दुवैको विकेट आयन खानले लिएका हुन् ।