
पोखरामा सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। दुई मोटरसाइकल एक–आपसमा ठाेक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेमा जिल्ला गोरखा पालुङटार घर भएका वर्ष ३० का शुक्रराज श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।
पोखरा २५ फुर्केटारी चोकमा ग.१६प २९१ नम्बर र बागमती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल एक–आपससमा ठक्कर खाँदा दुर्घटना भएको थियो।
मृतक श्रेष्ठले ग.१६प २९१ नम्बरको मोटरसाइकल चलाएका थिए। अर्को मोटरसाइकलनमा सवार दुईजना घाइते भएका छन्।
बिहीबार साँझ भएको दुर्घटना परी घाइते भएका तीनजनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा श्रेष्ठको उपचारको क्रममा गएराति मृत्यु भएको थियो। अन्य दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएकाे छ।