१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण भए पनि बजेट अभावले समस्या : मन्त्री साउद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२९:oo

परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम प्रदेश सम्भावनाका दृष्टिकोणले भरिपूर्ण भए पनि बजेट अभावले समस्या भएको बताएका छन्।

सुदूरपश्चिम पत्रकार समाज काठमाडौंले सोमबार आयोजना गरेको दसैँ, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले बजेट अभावमा सुदूरपश्चिममा भएका विविध सम्भावनाहरूको प्रचारप्रसार हुन नसकेको बताएका हुन्।

अब तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले पहिले सुदूरपश्चिमबाट काठमाडौं आउन धेरै सकस व्यहोर्नुपर्ने भए पनि अहिले विभिन्न नदीमा पुल निर्माण हुँदा धेरै सहज भएको धारणा राखे।

उनले राज्यले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण पनि बदल्न आवश्यक रहेको धारणा राखे। ‘देशको कुनै पनि ठाउँ सुदूर हुनुहुँदैन। देशको कुनै पनि ठाउँ भूगोलका आधारमा सुदूर हुँदैन। अब यो दृष्टिकोण बदल्न आवश्यक छ,’ उनले भने।

सुदूरपश्चिमको प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएर त्यहाँको विकासको विषयमा योजना बनाए पनि बजेटको कारणले योजना पूरा नहुने अवस्था रहेको उनको भनाइ थियो। बजेट जनसंख्याको अनुपातमा विनियोजन हुने उल्लेख गर्दै मन्त्री साउदले सुदूरपश्चिममा सोचेअनुरूपको बजेट विनियोजन नहुने गरेको बताए।