१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १२:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बडादसैँको पहिलो दिन बागलुङ कालिकामा भक्तजनको घुइँचो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५८:oo

बडादसैँको पहिलो दिन आज बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। आइतबार बिहानैदेखि मन्दिरमा भक्तजनको भिड लागेको थियो।

बडादसैँको नवदुर्गा र चैत्राष्टमीको समयमा पूजाआजा गर्नका निम्ति देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन्। घटस्थापनाको दिन पनि बिहान ४ बजेदेखि नै भक्तजन पुगेर लामबद्ध भई पूजा गरेका थिए। देशैभरबाट भक्तजनको भिड लाग्ने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

सोह्रश्राद्ध सकेर मुक्तिनाथबाट फर्कने भक्तजन पनि कालिका दर्शन गरेर मात्र घर फर्कने गरेका छन्। ‘टाढादेखि धेरै मानिस आउँछन्, हामी पनि पोखराबाट दर्शन गर्न आयौँ,’ काठमाडौं घर भई रोजगारीका लागि पोखरा बसेका राम श्रेष्ठले भने।

पूजा र बलि व्यवस्थापन गर्दै सरसफाइ गरिएकाले पछिल्लो समय कालिका मन्दिर चिटिक्क देखिन्छ। यहाँका पुराना सत्तल भत्काएर नयाँ बनाइएको छ भने सरसफाइ र फराकिलो बनाएपछि भक्तजनलाई सहज भएको छ। घटस्थापनादेखि सुरु हुने विशेष पूजा कोजाग्रत पूर्णिमासम्म चल्ने खड्काले बताए।

मन्दिर पोखरा–बागलुङ सडकदेखि सात सय मिटरभित्र जंगलमा रहेको छ। गुठीले पञ्चवर्षे योजनासहित गुरुयोजना बनाएर काम गरिरहेकाले केही वर्षदेखि मन्दिर आउने भक्तजनको संख्या बढेको छ।