१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १o:२९:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अफगानिस्तानमा भूकम्प : मृत्यु हुने दुई हजार नाघे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२९:oo

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परेर दुई हजार ५३ जनाको मृत्यु भएको हो । प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तर–पश्चिममा रहेको दुर्गम क्षेत्रमा भूकम्प गएको थियो । ‘हताहतको संख्या धेरै देखिएको छ’ सरकारका उपप्रवक्ता बिलाल करिमीले भने, ‘मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी छ । उद्धारको धेरै प्रयास भइरहेका छन् ।’ भूकम्पमा १२ सयभन्दा बढी मानिस घाइते भएका र १३ सय घर भत्किएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६०० भन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बसिर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएका थिए । स्थानीय नेक मोहम्मदले स्थानीय समयअनुसार बिहान ११ : ०० बजे पहिलो भूकम्प आउँदा आफू काममा रहेको, तर भूकम्पपछि घर फर्किँदा त्यहाँ केही पनि बाँकी नदेखेको बताए ।

भूकम्पपछि स्थानीयले रातभर खुला आकाशमा रात बिताएको बताए । मोहम्मदले भने, ‘अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन । यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ ।’ डब्लुएचओले शनिबार राति क्षतिको विवरण आउने क्रम जारी रहेकाले तत्काल यति नै हताहत भएको भन्ने अनुमान गर्नु हतार हुने बताएको थियो ।