१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एभरेष्ट बैंकको वित्तीय अगुवाइमा कजरिया टायल्सले नेपालमै टायल्स र सेरामिक्स उत्पादन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४३:oo

एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्ने सम्बन्धमा सहवित्तीयकरणअन्तर्गत सहभागी बैंकहरूबीच वित्तीय सहजीकरण गर्ने कार्य सम्पन्न भएको छ। 

अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सो कार्यक्रममा सहवित्तीयकरणका अन्य सदस्य बैंकहरू नबिल बैंक, नेपाल एसबिआई बैंक र प्रभु बैंकका उच्चपदस्थ अधिकारीहरूसमेत उपस्थित थिए।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत रु. ४०० करोडमध्ये सहवित्तीयकरणअन्तर्गत रु. ३०० करोड लगानी रहनेछ।

विश्वको साताैँ ठूलो टायल्स उत्पादन कम्पनी  कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरू प्रयोग गरी गुणस्तरीय टायल्स तथा सेरामिक्सका अन्य उत्पादनहरू अन्तर्राष्ट्रिय मापदण्डबमोजिम गुणस्तरीय हुने जनाएको छ।

मार्च २०२४ बाट सुरुवात हुने उक्त परियोजनाले देशमा हुने टायल्सको माग पूरा गरी आयात प्रतिस्थापन गर्नेमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।