
६१ किलो सुन तस्करीको सम्बन्धमा गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ। गत आइतबार गठित जाँचबुझ आयोगले बुधबार पहिलो बैठक बसी विभिन्न निर्णयसमेत गरेको छ।
२ साउनमा त्रिभुवन विमानस्थलबाहिरबाट समातिएको ६१ किलो सुनको विषयमा एमालेले प्रश्न उठाएपछि सो विषय राजनीतिक मुद्दा बनेको थियो । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा अदालतसरह अधिकार पाउने गरी जाँचबुझ आयोग गठन गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठन भएको आयोगको सदस्यमा पूर्वएआइजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की, गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी छन् ।
गृह मन्त्रालयको पुरानो भवनको परिसरमा उक्त आयोगको कार्यालय स्थापना गरिएको छ। बुधबार बसेको आयोगको पहिलो बैठक यस्ता निर्णय गरेको छ।