मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Thursday, 19 December, 2024
२o८o असोज १७ बुधबार ११:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रिलायन्स फाइनान्सका ग्राहकले हेल्पिङ ह्यान्ड्स अस्पतालमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार ११:३८:oo

 रिलायन्स फाइनान्स लिमिटेडका ग्राहकले काठमाडौंको चाबहिलमा रहेको हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा छुट पाउने भएका छन् । फाइनान्स र  अस्पतालबीच फाइनान्सका ग्राहक, कर्मचारी तथा सेयरधनीलाई छुट दिने सम्झौता भएको हो । 

सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र अस्पतालका कार्यकारी अध्यक्ष डा. गुप्तबहादुर श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार फाइनान्सका सरोकारवालालाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट प्रदान गर्ने उल्लेख छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले देशका मुख्य सहरमा २१ वटा शाखामार्फत सेवा दिँदै आएको जनाइएको छ । 

संस्थाले निक्षेप तथा कर्जाका सेवाग्राहीलाई इ–बैंकिङ, एससिटी नेटवर्क एटिएम, रेमिट्यान्स सेवा, सिआस्बा, आइपिएस, कनेक्ट आइपिएस सेवा, इलेक्ट्रोनिक चेक क्लियरिङलगायतका सेवा दिँदै आएको संस्थाले जनाएको छ ।