१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिमालयन बैंकको भवन शिलान्यास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:४३:oo

हिमालयन बैंक लिमिटेडले आफ्नो भवन निर्माण गर्ने भएको छ । बैंकको काठमाडौं महानगरपालिका खिचापोखरीमा निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको हो ।  

बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेको जनाइएको छ । शिलान्यास समारोहमा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारीहरूलगायतको उपस्थिति रहेको उल्लेख छ । 

शिलान्यास समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले देशका विभिन्न प्रमुख सहरहरू इटहरी, वीरगन्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बताए । त्यस्तै, काठमाडाैंको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।

बैंकले भरतपुर र नेपालगन्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकलाई सेवा प्रदान गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले भवन निर्माणपश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकलाई विशेष तथा परिष्कृत बैंकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकलाई थप सुविधा प्राप्त हुने उनको भनाइ थियो । 

ad
ad