१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o९:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

दिगो विकासमा चीनको छलाङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o८:oo

चिनियाँ कम्युनिस्ट पार्टीको दूरदर्शी नेतृत्वमा बेइजिङले गरिबी निवारण गर्न, उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउन र जनताको भलाई सुधार गर्न जनकेन्द्रित दृष्टिकोण अपनाएको छ, जुन संयुक्त राष्ट्रसंघ दिगो विकास लक्ष्यसँग मेल खान्छ ।विगत केही दशकमा चीनको आर्थिक उन्नति र रूपान्तरणले देशका करिब ८० करोड मानिसलाई चरम गरिबीबाट बाहिर आउन मद्दत गरेको छ । यसले अन्य विकासशील देशका लागि उनीहरूको आर्थिक विकासको लक्ष्यलाई सामाजिक विकाससँग कसरी मिलाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।

पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवामा चीन सरकारको लगानीले चिनियाँ जनताको जीवनस्तरमा सुधार ल्याउन महŒवपूर्ण भूमिका खेलेको छ र विशेषगरी एसडिजी ९ (उत्थानशील पूर्वाधार निर्माण, समावेशी र दिगो औद्योगीकरणको प्रवद्र्धन र नवीनतालाई बढवा दिने), एसडिजी ४ (समावेशी र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित र सबैका लागि जीवनभर सिकाइ अवसर प्रवद्र्धन ) र एसडिजी ३ (स्वस्थ जीवन सुनिश्चित र सबै उमेरका सबैको कल्याण प्रवद्र्धन) हासिल गर्नेतर्फको प्रगति प्रतिबिम्बित गरेको छ ।

साझा विकास र साझा समृद्धिलाई साकार पार्ने चीनको प्रयास सबै समाज विशेषगरी एसडिजी १७ (कार्यान्वयनका माध्यमलाई सुदृढ गर्ने र दिगो विकासका लागि विश्वव्यापी साझेदारीलाई पुनरुत्थान गर्ने)का लागि अन्तर्राष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने २०३० एजेन्डाको आधारभूत सिद्धान्तसँग जोडिएको छ ।चीनको नेतृत्वको साझा लक्ष्य (विश्वव्यापी समुदायले अँगालेको आकांक्षा) मानिसलाई पहिलो स्थानमा राख्नु र विश्वव्यापी रूपमा जीवनको सुरक्षा गर्नु हो, जसले आफ्नो सार्वजनिक स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउने र चिकित्सा सेवा सुधार गर्न खोज्ने देशका लागि एक शक्तिशाली उत्प्रेरकका रूपमा काम गर्दछ र जनताको कल्याण सुनिश्चित गर्छ ।

चीनको आर्थिक उन्नतिले देशका करिब ८० करोड मानिसलाई चरम गरिबीबाट बाहिर ल्याउन मद्दत गरेको छ 

चीनसँगको सहकार्य र सहयोग विकासोन्मुख देशका लागि आफ्नो व्यापार प्रवद्र्धन गर्न र विश्वव्यापी रूपमा साझा विकास र समृद्धिलाई अगाडि बढाउन ज्ञान वृद्धि गर्ने गहिरो माध्यम हो ।मानव अधिकारको सुधारका लागि चीनमा यसको अर्थ प्रत्येक व्यक्तिको अधिकारको संरक्षण र उन्नति मात्र होइन, बरु उनीहरूले स्वस्थ र आर्थिक रूपमा फलदायी जीवन बिताउने सुनिश्चित गर्नु हो । यसको अर्थ सबैका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने, युवाका लागि रोजगारी सिर्जना गर्ने, वृद्धवृद्धाको हेरचाह गर्ने र जलवायुसम्बन्धी ठोस कदम चालेर स्वस्थ जीवनको वातावरण सिर्जना गर्ने हो । करिब ८० करोड मानिसलाई चरम गरिबीबाट बाहिर निकाल्ने, विश्वव्यापी सहकार्य बढाउने र शिक्षाको गुणस्तर सुधार गर्ने चीनको कदमले साझा समृद्धिको खोजीमा परिवर्तनकारी शक्तिलाई जोड दिन्छ ।

शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा चीनको द्रुत प्रगतिले यसको साझा विकास दृष्टिकोणको उदाहरण दिन्छ, जसले जनताको हितमा सुधार गर्न र गुणात्मक, दिगो आर्थिक विकासलाई प्रवद्र्धन गर्न मद्दत गरेको छ ।साझा समृद्धि प्रवद्र्धन गर्ने प्रयासमा देशको प्रगतिप्रतिको प्रतिबद्धता प्रस्ट देखिन्छ । दृढ संकल्प र समर्पणका साथ चीनले दिगो, उच्च गुणस्तर, नवप्रवर्तन–सञ्चालित विकास र सबै क्षेत्रमा दिगो प्रगतिको खोजी गर्दै विकासको स्वर्णिम युगबाट गुज्रिरहेको छ । चीन यस मार्गमा अगाडि बढ्दै जाँदा, यसले साझा मानव प्रगतिको जग बलियो बनाउँछ । यो सबैका लागि राम्रो संसार निर्माण गर्न सहयोग गर्ने आफ्नो प्रतिबद्धताको प्रमाण हो ।

– चाइना डेलीका लागि पाकिस्तान रिसर्च सेन्टर फर ए कम्युनिटी विथ सेयर्ड फ्युचरका कार्यकारी निर्देशक खलिद तैमुर अक्रामको आलेख ।

ad
ad