१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बझाङ भूकम्पमा परेर एकजनाको मृत्यु, १३५ घर भत्किए (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४२:oo

बझाङमा भूकम्पबाट एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका– ११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार मंलगबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो ।

भूकम्पमा परेर ११ जना घाइते भएका छन् । दुईजना उपचारपछि घर फर्किएका छन् भने नौजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका– ११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका– ७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका– ७ का तीन वर्षीय नितिक बोहाेरा, सोही ठाउँकी एलिशा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा– १ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका– ६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका– ३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका– १० की २० वर्षीया रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्युँमा एक, बित्थडचिरमा दुई तथा बुंगल नगरपालिकामा चार घर पूर्ण रूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।