
अनपेक्षित रूपमा पदक सम्भावना बोकेको नेपाली महिला कबड्डी टोली मंगलबार आफ्नो दोस्रो खेलमा एसियाडकै साबिक स्वर्ण विजेता इरानसँग समूह ‘बी’मा ४३–१९ ले पराजित भएको छ । जिओसाना ग्वाली स्पोर्टस् सेन्टरमा भएको खेलमा नेपालले इरानलाई पहिलो हाफमा चुनौती दिएको थियो । पहिलो हाफमा नेपालले इरानविरुद्ध १९–११ को प्रदर्शन गर्यो ।
दोस्रो हाफमा नेपाली खेलाडीले धेरै गल्ती गरे । इरानले सम्हालिएर खेल्दा नेपाललाई दोस्रो हाफमा २४–८ ले हरायो । नेपालले दुई खेलबाट दुई अंक बटुलेको छ । नेपालले एसियाडकै डेब्यु खेलमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेको थियो ।
सन् २०१९ मा काठमाडौंमै भएको १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले बंगलादेशलाई हराएको थियो । यस समूहमा तीन राष्ट्र मात्र छन् । अब इरानले आज बंगलादेशको सामना गर्नेछ । इरानले बंगलादेशलाई हराउँदा नेपाल सेमिफाइनलमा पुग्नेछ । महिला कबड्डीमा सेमिफाइनलमा पुग्ने टोली कम्तीमा कांस्य पदक हकदार बन्नेछ । ओसिएले दुई टोली स्वर्णका लागि भिड्दा सेमिफाइनलिस्टलाई संयुक्त रूपमा कांस्य दिने नियम बनाएको छ ।