१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५३:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : वैज्ञानिकको सादापन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५३:oo

महान् वैज्ञानिक माइकल फराडे रोयल सोसाइटीमा काम गर्थे । एकपटक एक सरकारी उच्च अधिकारी उनीसित भेटघाटका लागि रोयल सोसाइटी पुगे । उनले त्यहाँका गार्डसित वैज्ञानिक फराडेबारे सोधे । गार्डले उनी प्रयोगशालामा भेटिने जवाफ दिए । 

अंग्रेज अधिकारी प्रयोगशालामा पुगे । पूरै प्रयोगशालामा खोज्दा पनि उनले वैज्ञानिक फराडेलाई भेटेनन् । प्रयोगशालाबाट बाहिरिनै लागेका वेलामा उनले प्रयोगशालाको सिंकमा एउटा बोतल सफा गरिरहेका एक साधारण वृद्धलाई देखे । उनले रिसाउँदै तिनै वृद्धलाई सोधे– ए बुढाबा, के तिमी यहीँ काम गर्छौ ? आगन्तुकको प्रश्न सुनेपछि उनले नम्रतापूर्वक जवाफ दिए– हजुर, पछिल्लो ४० वर्षदेखि म यहीँ कार्यरत छु । सरकारी अधिकारीले भने– मलाई गार्डले वैज्ञानिक फराडे यतिखेर प्रयोगशालामा हुनुहुन्छ भनेको थियो । तर, उहाँ त यहाँ कतै देखिनुहुन्न । त्यसले झुटो बोलेर मलाई झुक्याएछ । म वैज्ञानिक फराडेसित यसबारे उजुरी गर्नेछु । के तिमी बताउन सक्छौ, यतिखेर वैज्ञानिक फराडे कहाँ हुनुहुन्छ ? 

ती वृद्धले पहिलेझैँ सहज भावमा जवाफ दिए– गार्डले झुट बोलेका होइनन् । फराडे अहिले पनि यही प्रयोगशालामै छन् । वृद्धको जवाफ सुनेपछि अंग्रेज अधिकारीले छक्क पर्दै यताउता सबैतिर हेरेर भने– खै त, कहाँ हुनुहुन्छ उहाँ ? म त उहाँलाई कतै देखिरहेको छैनँ ? उनको प्रश्न सुनेपछि ती वृद्धले मुसुक्क हाँस्दै भने– म नै हुँ तपाईंले खोजिरहेको फराडे । भन्नुहोस्, के काम थियो होला, मसित ? वैज्ञानिक फराडेको जवाफ र प्रश्न एकसाथ सुनेपछि अंग्रेज अधिकारीले लज्जाले शिर झुकाए ।