१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवराज पनेरू डडेल्धुरा
Invalid date format १६:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बझाङ भूकम्पले जयपृथ्वी राजमार्ग अवरुद्ध [अपडेट]

Read Time : < 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
Invalid date format १६:५१:oo

मंगलबार दिउँसो आधा घन्टाको अवधिमा दुईपटक गएको भूकम्पका कारण जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा सुक्खा पहिरो गएर सडक अवरुद्ध भएको छ।

भूकम्पले बझाङमा घर र विद्यालयमा क्षति पुगेको छ। जिल्लाको तलकोट र चैनपुर आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पले भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार भूकम्पमा दुईजना घाइते भएका छन्।

यस्तै, भूकम्पका कारण तलकोट गाउँपालिकाको सुनिकोट मावि, जयपृथ्वी नगरपालिकाको सत्यवादी माविलगायतका दर्जनौँ विद्यालयमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला सदरमुकामको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ। पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षतिबाट जाेगिएकाे शिक्षक नरेन्द्र उपाध्यायले बताए। 

भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाउँस्थित दुर्गा माविको भवनमा क्षति पुगेको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो। 

त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकाेट केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। क्षतिकाे विस्तृत विवरण आउन बाँकी छ।