१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघले बृहत् आर्थिक बहस आयोजना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४५:oo

निजी क्षेत्रले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन सरकारसँग सहकार्य गर्ने 

नेपाल उद्योग वाणिज्य महासंघले सबै सरोकारवालाको सहभागितामा असोज मसान्तभित्र काठमाडौंमा बृहत् आर्थिक बहस गर्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बाग्लुङ ढोरपाटनमा सोमबार आयोजना भएको कार्यकारिणी समितिको तेस्रो बैठकले यस्तो निर्णय गरेको हो । 

निजी क्षेत्रले अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्न निरन्तर पहल गर्दै आए पनि त्यसको ठोस समाधान नभएकाले सबै सरोकारवालालाई एकै ठाउँमा भेला गराई समाधानमा पहल गर्ने उद्देश्यले बृहत् बहस आयोजना गर्न लागेको हो । 

सरकारको चालू आर्थिक वर्षको बजेटमा सन् २०२३–३२ लाई पर्यटन दशकका रूपमा मनाइने घोषणा गरेको छ । सरकारको उक्त प्रयासलाई समेत सहयोग पुर्‍याउने उद्देश्यले निजी क्षेत्रका तर्फबाट सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन सरकारसँग सहकार्य गर्ने निर्णय बैठकले गरेको छ ।

नेपाल भ्रमण दशकलाई सफल बनाउन महासंघको केन्द्र, प्रदेश र जिल्ला–नगरमा पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै महासंघ तथा यसका सदस्य संघ–संस्थाका लेटरप्याडमा भ्रमण वर्षको लोगो राखी प्रचारप्रसार गरिनेछ । यस्तै, ७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा बृहत् लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णय पनि बैठकले गरेको छ । 

त्यसैगरी, महासंघले सातवटै प्रदेशमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भिœयाउन केन्द्र सरकारसँगको सहकार्यमा भारत तथा चीनकेन्द्रित राष्ट्रियस्तरका सम्मेलनहरू आयोजना गर्ने निर्णय गरेको छ । 

ढोरपाटनको राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वलाई मनन गरी त्यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान गर्न सकियोस् भन्ने अभिप्रायले महासंघको कार्यकारिणी समितिको बैठक त्यस क्षेत्रमा आयोजना गरिएको हो ।