१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा सामान्य अंकको सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४६:oo

सोमबार सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ। नेप्से परिसूचक ५.१९ अंकले बढेर एक हजार ९७६.२९ बिन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.१७ प्रतिशतले बढेको छ।

आज दुई सय ८६ कम्पनीका ५७ लाख ७६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ७३ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। नेप्से सूचकमा सुधार भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने सामान्य घटेको छ। आइतबार एक अर्ब ८३ करोड चार लाख रुपैयाँबराबरको कारोबार भएको थियो।

सोमबार होटल तथा पर्यटन र उत्पादन समूह क्रमशः ०.९२ प्रतिशत र ०.०९ प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचकमा वृद्धि भएको छ। विकास बैंक सर्वाधिक १.३३ प्रतिशतले बढ्दा म्युचल फन्डमा एक प्रतिशतको वृद्धि देखिएको छ। बाँकी समूह एक प्रतिशतभन्दा कमले बढेका छन्।

सोमबार सिवाइसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, इन्फिनिटी लघुवित्त ९.६६ प्रतिशत र सामुदायिक लघुवित्त ९.४९ प्रतिशतले बढेका छन्।

यता, पिपल्स हाइड्रोपावरको सेयर मूल्य ५.२९ प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मूल्य ५.२३ प्रतिशतले गिरावट आएको छ।