१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Saturday, 29 June, 2024
कुटपिटपछि काम छोडेर विरोधमा उत्रिएका चिकित्सक । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १५ सोमबार o८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

केएमसीका चिकित्सकमाथि कुटपिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार o८:१o:oo

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल)मा कार्यरत चिकित्कमाथि आइतबार दिउँसो बिरामीका आफन्तले हातपात गरेका छन् । उपचारका लागि अस्पताल पुगेका बिरामीका आफन्तले लामो समय कुर्दा पनि चिकित्सक नआएको भन्दै कुटपिट गरेका हुन् । 

आइतबार दिउँसो २ बजेतिर अस्पतालको ओपिडी कक्षमा बिरामी लिएर पुगेका गुल्मी घर भएका रूपक गौतम र सरोज गौतमले इन्टर्न डाक्टर मनीष खड्कामाथि कुटपिट गरेका हुन् । घटनापछि अस्पतालमा कार्यरत चिकित्सक सिनामंगलदेखि एयरपोर्टसम्म प्रदर्शनमा निस्किएका थिए । उनीहरूले चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारबाही गर्न माग गरेका थिए ।

गौतमद्वयले डाक्टरमाथि मुक्का प्रहार गरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले ओपिडीमा जचाउन आएका आफन्तले कुर्नुपरेको भन्दै डाक्टरमाथि कुटपिट गरेका हुन् । ‘डाक्टर केहीबेर बाहिर जानुभएको थियो, कुर्न परेको भन्दै उनीहरूले डाक्टर फर्किनेबित्तिकै भनाभन र कुटपिट गरे,’ उनले भने, ‘कुटपिटपछि डाक्टरसापहरू उपचार रोकेर प्रदर्शनतिर लाग्नुभएको छ ।’

शनिबार मात्रै आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति भएको थियो । सहमतिपछि उनीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । तर, इन्टर्न डाक्टरमाथि कुटपिट भएको भन्दै सोमबारदेखि थप प्रदर्शन गर्ने केएमसीका चिकित्सकले जनाएका छन् । 

ad
ad
ad
ad