१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जडीबुटीको बसपार्क नभत्काउन महानगरको नाममा अल्पकालीन अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४४:oo

जडीबुटीमा निर्माणाधीन बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयविरुद्ध पूर्व अरनिको यातायात प्रालिले हालेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले यस्तो आदेश गरेको हो।

अनुमति नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न नदिएपछि कम्पनी अदालत गएको थियो। आदेशमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न महानगरलाई आदेश दिइएको छ।

‘प्रस्तुत निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरूलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नू–नगराउनू,’ आदेशमा भनिएको छ।

अन्तरिम आदेश दिने–नदिने छलफलका लागि २१ असोजलाई पेसी तोकिएको आदेशमा उल्लेख छ।