१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १२ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १२ शुक्रबार o६:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आफैँ अध्यक्ष, आफ्नै नाम सिफारिस

निर्णायकको कोटामा हकीका अध्यक्ष अनिलप्रसाद शर्मा र बुद्धिचालका अध्यक्ष विदुरप्रसाद गौतम एसियाडमा सहभागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १२ शुक्रबार o६:११:oo

एसियाडमा आउने मोह सबैको हुन्छ । चीनको हाङझाउमा ४५ राष्ट्रका विभिन्न खेलका सयौँ पदाधिकारी छन् । विकसित देशले आधिकारिक अफिसियल मात्र हाङझाउमा पठाएका छन् । अविकसित र आर्थिक रूपमा कमजोर राष्ट्रका खेल संघका पदाधिकारीहरू भने आफ्नो नाम आफैँले सिफरिस गरी १९औँ एसियाडको मजा लिइरहेका छन् । यसको एउटा उदाहरण नेपाल पनि एक हो । पछिल्लो समय एसियाडमा असम्बन्धित खेलका पदाधिकारी एसियाडमा आएको चर्चा थियो । अहिले दुई संघका अध्यक्षले हाङझाउमा आउन आफ्नो नाम आफैँले सिफारिस गरेको खुलेको छ । 

यी दुवै पदाधिकारी निर्णायकको कोटामा एसियाड आएका हुन् । नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम र हकी संघका अध्यक्ष अनिलप्रसाद शर्मा निर्णायकका रूपमा आएका हुन् । यसपटक यी दुवै खेलले सहभागिता जनाएका छैनन् । तर पनि अध्यक्षद्वय आफूहरू निर्णायक बनेर आएको बताइएको छ । खेलको निर्णायक बन्न एसियाडको आयोजकले ओलम्पिक काउन्सिल एसिया (ओसिए) लाई जिम्मा दिएको छ । ओसिएले आफूसँग आबद्ध संघलाई नै अफिसियल छान्न अधिकार दिएको छ । हकी र बुद्धिचालका अध्यक्ष स्वयंले प्रतियोगितामा आफ्नो नाम सिफारिस गरेका हुन् । अहिले बुद्धिचालका अध्यक्ष गौतम नै कसरी चीन पुगेको भन्ने सम्बन्धमा यस खेलका पदाधिकारी नै अचम्ममा परेका छन् । हालै मात्र हेटौँडामा भएको निर्वाचनमा गौतम निर्वाचित भएका थिए । 

‘अध्यक्षज्यू कसरी एसियाडमा जानुभयो, त्यो अचम्मको विषय हो, अझ उहाँ आफ्नो नाम आफूले नै सिफारिस गरी जानुभएको रहेछ,’ संघका एक पदाधिकारीले भने, ‘यसबारेमा हामीलाई आधिकारिक रूपमा जानकारी नै छैन ।’ उनका अनुसार १९औँ एसियाडमा अन्य प्राविधिकलाई पठाउने तयारी थियो ।

यता, आर्थिक कारण बुद्धिचाल संघले एसियाडमा खेलाडी नपठाएको हो । प्रतियोगिताअघि नेपाल ओलम्पिक कमिटीले बारम्बार १९औँ एसियाडमा बुद्धिचालमा सहभागी जनाउन बारम्बार पत्र लेखेको थियो । संघले ओलम्पिकले काटेको पत्रको खासै प्रतिक्रिया दिएन । ‘बुद्धिचाललाई पनि एसियाडमा समावेश गराउने लक्ष्य थियो, तर उहाँहरूले यस सम्बन्धमा खासै वास्ता नै गर्नुभएन,’ नेपाल ओलम्पिक कमिटी (एनओसी)का एक पदाधिकारीले भने । 

बुद्धिचालकै जस्तै हकीको पनि अवस्था छ । गत महिना मात्र अध्यक्ष बनेका शर्मा अफिसियलकै हैसियतमा यहाँ छन् । संघका पदाधिकारीले अध्यक्ष निर्णायकको कोटामा एसियाडमा पुग्दा लाज लागेको बताए ।