१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १२:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नुनथेरापीमार्फत प्राकृतिक उपचार 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१३:oo

नुन भन्नेबित्तिकै झ्वाट्ट मन मस्तिष्कमा आउँछ– सेतो रङकोे धुलो पाउडर । यो हाम्रो भान्सामा दैनिक प्रयोग हुन्छ । नुनको काम खाद्य पदार्थलाई नुनिलो स्वाद दिनु मात्रै हैन, यसले प्राकृतिक रूपमा खाद्य पदार्थलाई बिग्रनबाट समेत बचाउन मद्दत गर्छ । हामीले दैनिक प्रयोग गर्नेभन्दा फरक किसिमका नुन पनि बजारमा उपलब्ध छन् । परम्परागत रूपमा प्रयोग हुने ढिके नुन, बिरे नुन, सिरे नुन, हिमालयन पिंक साल्टजस्ता नुन पाइन्छन् र प्रयोगमा छन् । नुनको प्रयोग भान्सामा मात्रै सीमित छैन । यसलाई प्राकृतिक चिकित्सामा पनि प्रयोगमा ल्याइन्छ । 

नुनले हेलोथेरापी
यही हिमालयन पिंक साल्ट प्रयोग गरी गरिने थेरापीलाई हेलोथेरापी भनिन्छ । जसलाई सामान्य भाषामा नुन थेरापी÷नुन चिकित्साका नामले समेत चिनिन्छ । यसलाई स्पेलियो थेरापीका नामले समेत चिनिन्छ । हेलोथेरापी गर्दा ‘साल्ट रुम’मा स्पा गरेजसरी थेरापी गरिन्छ । यो थेरापीले आराम मिल्छ । छालाजन्य समस्या समाधानमा सहायता मिल्छ । एलर्जी हुनबाट बचाउनुका साथै एलर्जी भइहालेको खण्डमा समेत यो थेरापी लाभदायक हुन्छ । त्यसो त परम्परागत रूपमा हेर्ने हो भने विशेषगरी पूर्वी युरोपमा स्पेलियो थेरापीका लागि नुन भएका गुफाहरू भ्रमण गर्ने अभ्यास थियो । जुन चिकित्सकीय रूपमा लाभदायक मानिन्थ्यो । साल्ट थेरापी सामान्यतया साल्ट रुममा नै गरिन्छ । यस्तो कोठामा हेलो जेनरेटर मेसिन राखिन्छ । यसमा नुन हुन्छ, थप्दै गइन्छ । मेसिनले कोठामा घुम्ने नुनका कणलाई टुक्र्याउँछ । थेरापीका लागि एक्टिभ र प्यासिभ गरी दुई किसिमका साल्ट रुम हुन्छन् ।

प्यासिभ रुममा नुनका कण फुटाउने मेसिन हुँदैन । यस्तो रुम हिमालयन नुनजस्ता विभिन्न प्रकारका लवणले नै भरिएको हुन्छ । नियन्त्रित तापमान र आद्र्रताका कारण थेरापी गर्नका लागि तयार गरिएको साल्ट रुम एक प्रकारको नुन गुफाजस्तै देखिन्छ । प्यासिभ साल्ट रुममा नुनको मात्रा एक्टिभ साल्ट रुममा भन्दा कम हुन्छ । प्यासिभ साल्ट रुम हेलोथेरापीको सट्टा विश्राम र ध्यानको लागि बढी प्रयोग गर्न सकिन्छ ।

दुई थरी थेरापी
साधारणतया साल्ट थेरापीलाई दुई प्रकारमा विभाजित गर्न सकिन्छ । जसमध्ये एक हो, ड्राई साल्ट थेरापी । यो थेरापीलाई हेलोथेरापी नै भनिन्छ । हेलोजेनरेटरको सहयोगमा साल्ट रुममा थेरापी गरिन्छ । यसले साना, सुक्खा नुनका कणहरूलाई हावामा फैलाउन र फोक्सो तथा छालामा प्रवेश गर्न मद्दत मिल्छ । 
अर्को वेट नुन थेरापी हो । यसमा नुनलाई पानीका माध्यमबाट शरीरका विभिन्न अंगमा उपचारका लागि प्रयोग गरिन्छ । यसमा खनिजहरू भएको नुनिलो पानीमा नुहाउने, नुनिलो पानीले मुख कुल्ला गर्ने, पिउने, नाकबाट नुनिलो पानी बगाउनेजस्ता क्रियाकलाप गरिन्छ ।

यस्ता छन् फाइदा

- नुन एक प्राकृतिक र सुरक्षित खाद्य तत्वहो । सन्तुलित रूपमा प्रयोग गरेको खण्डमा यसबाट कुनै साइड इफेक्ट हुँदैन । 

- नुनमा म्युकोएक्टिभ, जीवाणुरोधी, रोगप्रतिरोधात्मक क्षमता बढाउने, एन्टि–एलर्जीजस्ता गुण हुन्छन् ।

- अध्ययनअनुसार यस्ता गुणका कारण, हेलोथेरापीलाई उपचारको एक प्रभावकारी उपायको रूपमा प्रयोग गर्न सकिन्छ । हेलोथेरापी दम तथा रुघाखोकीजस्ता फोक्सोजन्य समस्याको सामाधानका लागि उपयोगी हुन्छ ।

- त्यसैले हेलोथेरापीलाई फोक्सोको वैकल्पिक उपचार विधिका रूपमा समेत लिइन्छ । फोक्सोको संक्रमण, घाँटीको संक्रमण वा फरिन्जाइटिस, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी), धूम्रपानका कारण सास फेर्न समस्या भएका व्यक्तिका लागि यो थेरापी लाभदायक हुन्छ । श्वासप्रश्वासको एलर्जी, दम, ब्रोन्काइटिस, चिसो लागेको तथा खोकी लागेको, निमोनिया, साइनसाइटिस, राइनाइटिस, टन्सिलाइटिस, सिस्टिक फाइब्रोसिसजस्ता समस्या समाधान तथा हुन नदिनका लागि यो थेरापी लाभदायक छ । हेलोथेरापीमा प्रयोग हुने साना नुनका कणहरूले छालाका कोषिकाहरू पुनः उत्पादन गर्न मद्दत मिल्छ ।

- छालालाई चाँडै पाको हुनबाट बचाउन र संक्रमणबाट जोगाउनसमेत मद्दत मिल्छ । त्यसैगरी, छालाको एलर्जी, दाग, पिम्पल तथा डन्डिफोर, सोरायसिस, डर्मेटाइटिसजस्ता छालाजन्य समस्यामा हेलोथेरापी लाभदायक हुन्छ । 

- छालामा हुने फंगल संक्रमणको समस्याबाट छुटकारा पाउन लाभदायक हुन्छ । तर, विभिन्न किसिमका दीर्घरोगको समस्या छ भने चिकित्सकको सल्लाहमा मात्रै हेलोथेरापी गर्नुपर्छ ।

ad
ad