
इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। इन्द्रजात्रा पर्वअनुसार लिंगो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ ।
तलेजु भवानी मन्दिरअगाडि महिनावारी सुरु नभएका बालिकालाई वैदिक परम्पराअनुसार सामूहिक कुमारी पूजा गरिएको हो । यसरी सामूहिक कुमारी पूजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । त्यस्तै, कुमारी पूजा गर्दा उनीहरू रोग आदिबाट सुरक्षित हुने जनविश्वास रहेको छ ।
नेवार समुदायमा इही (बेलविवाह) नगरेका दुई वर्षदेखि आठ वर्ष उमेर समूहका बालिकालाई कुमारीका रूपमा पूजा गर्ने प्रचलन रहेको छ।
पूजासँगै यहाँ सहभागी कुमारीलाई हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर परिक्रमा गराई मूल स्थानमा पूजा गर्ने गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने विश्वास छ । वसन्तपुर दरबार क्षेत्रका केही तस्बिर :