१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:२४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फर्निचर एक्स्पो आजबाट, तयारी पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२४:oo

राजधानीको भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) आज अर्थात् बुधबारबाट सुरु हुँदै छ । एक्सपोका लागि सबै तयारी पूरा भएको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको हो । 

‘के हामी आत्मनिर्भर छौँ ?’ भन्ने थिममा आयोजना हुन लागेको एक्स्पोको सबै तयारी पूरा भएको फर्नेक्स नेपाल २०२३ का प्रवक्ता एवं नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)का महासचिव सञ्जय लामाले जानकारी दिए । प्रवक्ता लामाका अनुसार एक्स्पोको उद्घाटन उद्योग, वाणिज्य तथा अपूर्तिमन्त्री रमेश रिजालले गर्नेछन् । 

एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । त्यसैगरी, प्रेस्टिज कार्पेट एसोसिएट पार्टनर रहेको एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्स र नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इन्डस्ट्रिज, सरावगी ओभरसिज र यती पोलिकेम रहेका छन् । इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।

असोज १४ गतेसम्म अर्थात् पाँच दिन चल्ने एक्स्पोमा सयभन्दा बढी स्टलहरू रहने जनाइएको छ । एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिने आयोजकको भनाइ छ ।

एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्नका लागि सहज मार्गनिर्देशन गर्ने एसोसिएसनका महासचिव सञ्जय लामाले बताए । नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए ।

प्रवेश निःशुल्क गरिएको एक्स्पोमा सहभागी हुने व्यवसायीहरूले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचार–प्रसार गर्ने अवसर पाउने तथा सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूसँग भेटवार्ता गर्ने अवसर पाउने जनाइएको छ ।

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बिटुबी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको आयोजकको भनाइ छ । ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त ब्रान्डहरूको सहभागिता रहने जनाइएको छ ।