१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२६:oo

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार गरिएको छ। अस्पतालको नयाँ भवनमा न्युरो एचडियू, एनआइसियूमा बेड विस्तार तथा एसएनसियू सेवा थप गरिएको छ।
 
त्यस्तै, बाल तथा प्रसूति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एसएमएस सेवा पनि थप गरिएको छ। आइतबार यी सेवा विस्तार तथा शुभारम्भ प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले गरेका छन्। 

कार्यक्रममा बाेल्दै मन्त्री खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्राथमिकतामा राखेको बताए। उनले जनताको विश्वास जितेर विशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकलाई सुझाव दिए। 

अस्पताललाई तत्काल नभइनहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारबारे लिखित जानकारी मन्त्रालयलाई गराउन निर्देशन दिँदै मन्त्री खनालले कम्तीमा मासिक रूपमा समस्याबारे छलफल गरी समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिए। 

मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थीले  विवाद नआउने गरी पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिए। 

कार्यक्रममा अस्पतालका मेसु डाक्टर सुदर्शन थापा, अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, नर्सिङ विभाग प्रमुख ज्योति पौडेललगायतले अस्पतालको सेवा तथा अवस्थाबारे जानकारी गराएका थिए।