मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
तस्बिर : मंजु टेलर/नयाँ पत्रिका
२०८० असोज ६ शनिबार १५:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

Read Time : < 1 मिनेट
२०८० असोज ६ शनिबार १५:५४:००

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच भेटवार्ता भएको छ।

हाङचाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समयअनुसार अपराह्न ४ः५० बजे भेट भएको हो। भेटमा प्रचण्डले नेपाल–चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एसियाली खेलबीच भेट गर्न पाएको भन्दै खुसी व्यक्त गरे।

सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रबार भेट गरेका थिए। प्रचण्डभन्दा अगाडि आजै सीले कम्बोडियाका राजा नरोदम सिहामोनी, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुस्माओसँग पनि भेट गरेका थिए।

भेटमा दुई पक्षको हित र खेलकुदका बारेमा छलफल भएको बताइएको छ।