१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड चीनको हाङझाउमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३६:oo

प्रधानमन्त्री प्रचण्डले अपराह्न चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङझाउ पुगेका छन्। उनी शनिबार बिहान हाङझाउ पुगेका हुन्। राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट चीन प्रस्थान गरेका हुन्। 

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई हाङझाउ विमानस्थलमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए।   

प्रधानमन्त्रीले आज अपराह्न चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने

प्रधानमन्त्रीले आज अपराह्न चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका छ । चिनियाँ समयअनुसार अपराह्न ५ बजे प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता तय भएको छ ।

कूटनीतिक स्रोतका अनुसार उनीहरूबीच दुई चरणमा गरी ५० मिनेट कुराकानी हुनेछ । त्यसअघि राष्ट्रपति सीले खेलको उद्घाटन समारोहमा सहभागी विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा आयोजित दिवाभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । शनिबारदेखि हाङझाउमा एसियाड सुरु हुँदै छ ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीसँगको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीलगायत हुनेछन् । प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ १९औँ एसियाली खेलको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम छ ।