१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिगो विकासका लक्ष्यबारे छलफल गर्न सर्वपक्षीय बैठक आवश्यक : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१o:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकास लक्ष्यबारे छलफलका लागि सरकारले सर्वपक्षीय छलफल आयोजना गर्न सुझाव दिएका छन्।

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले आयोजना गरेको दिगो विकास लक्ष्यसम्बन्धी बहुपक्षीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्। तिमिल्सिनाले दिगो विकास लक्ष्य प्राप्त गर्न तीनै तहका सरकार र सरोकारवालाहरू सम्मिलित बैठकबाट कार्यान्वयनको अनुगमन गर्ने काम संघीय सरकारले गर्नुपर्ने धारणा राखे।

‘दिगो विकासको लक्ष्य भेट्टाउन मुस्किल छैन। त्यसका लागि इच्छाशक्ति चाहिन्छ,’ उनले भने, ‘यसको नेतृत्व संघीय सरकारले गर्नुपर्छ र तीनवटै तहबाट भइरहेका कार्यहरूको नियमित अपडेट राख्दै अघि बढ्नुपर्छ।’ 

जिल्लास्तरमा स्थानीय सरकारबाट भएका कामहरूको अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई दिन पनि अध्यक्ष तिमिल्सिनाले सुझाव दिए। दिगो विकास लक्ष्य प्राप्तिका लागि राजनीतिक दलहरूले प्रतिबद्धता र घोषणापत्र कार्यान्वयनबारे पनि चासो दिनुपर्ने उनको धारणा छ।