१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्तो हुन्छ वास्तु मिलेको घर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:४४:oo

कुनै पनि कर्म गर्नलाई तपाईंको ग्रह–नक्षत्र र राशि अनुकूल हुनुपर्छ वा वास्तुशास्त्रले साथ दिएको हुनुपर्छ । यदि तपाईंले वास्तु मिलाएर घर बनाउनुभएको छ भने कर्म गर्न सहयोग गर्छ । घरको वास्तु मिलेको छैन, तपाईंको ग्रह–नक्षत्र र राशि पनि खराब चलिरहेका छन् भने तपाईंले जति मिहिनेत गरे पनि कार्य सफल हुँदैन । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको व्याख्या गरिएको छ ।

अतः वास्तुशास्त्रलाई नै प्राचीन विज्ञान मानिन्छ । भू–धरातलदेखि वायुको बहावसम्मका कुरालाई वास्तुशास्त्रमा ध्यान दिइने भएकाले घर वा कुनै पनि संरचना बनाउँदा यसको अनुशरण गर्न आवश्यक छ । त्यसैले पछिल्लो समय वास्तुशास्त्रलाई महत्व दिन थालिएको छ । तपाईंको ग्रह–दशा अनुकूल नहुँदा पनि वास्तु मिलाएर घर बनाउन सक्यो भने अप्ठ्यारो व्यवधानबाट बच्न सकिन्छ । 

मूलढोका 
पूर्वतिर बाटो भएको जग्गामा घर बनाउनु राम्रो मानिन्छ वा घरको मूलगेट पूर्वतिर हुनुपर्छ । सूर्यको किरणबाट सकारात्मक ऊर्जा आउने भएकाले पूर्व दिशा ढोकाका लागि उपयुक्त मानिएको हो । यसबाहेक, उत्तरतिर पनि मूलढोका बनाउन सकिन्छ । कतिपय कुरा भूगोल हेरेरसमेत निर्धारण गरिन्छ ।

सुत्ने कोठा
बालबालिका वा बुद्धि विकास भइरहेका व्यक्तिका लागि पूर्वतिरको कोठा एकदमै शुभ मानिन्छ । श्रीमान्–श्रीमती र घरमूली सुत्ने कोठा जहिल्यै पनि दक्षिण–पश्चिमको दिशामा हुनुपर्छ । 

पूजाकोठा
सकारात्मक ऊर्जाका लागि पूर्व दिशा उचित हुन्छ । त्यसैले पूर्वको कोठा वा कुनामा पूजाकोठा बनाउन सकिन्छ । 

बैठक कोठा
बैठक कोठा सधैँ पूर्वोत्तर (पूर्व–उत्तर) दिशामा हुनुपर्छ । यो खुलेको हुन आवश्यक छ । घरायसी सरसल्लाहदेखि ठुल्ठूला निर्णयसम्म बैठक कोठामा बसेर गरिने भएकाले पूर्वोत्तरको दिशा बैठक कोठाका लागि उपयुक्त हुन्छ ।

पानीको स्रोत
खानेपानीको धारा, ट्यांकी, इनार आदिलाई पनि पूर्वोत्तर दिशामा बनाउन सकिन्छ । 

शौचालय
पूर्व र उत्तर दिशातिरको कुनामा शौचालय बनाउनु उचित हुँदैन । यी दिशामा शौचालय बनाउँदा सूर्यको प्रभावसँगै नकारात्मक तत्व घरमा प्रवेश गर्ने सम्भावना हुन्छ । जसले परिवारको शारीरिकसँगै मानसिक स्वास्थ्यमा समेत असर गर्छ । पूर्व र उत्तर दिशामा शौचालय भएमा त्यो घरका सदस्यको मृत्यु हुने मान्यता छ ।

भान्साघर
पूर्व र दक्षिणको बीचको दिशालाई आग्नेय दिशा भनिन्छ । यो दिशामा भान्साघर बनाउन सकिन्छ । तर, चुलो दक्षिणतिर फर्केको हुनुहुँदैन । त्यस्तै, घरमूलीले कहिल्यै पनि दक्षिणतिर फर्केर खाना खानुहुँदैन । यसबाहेक विद्युतीय वस्तु यस दिशामा राख्न राम्रो मानिन्छ ।

संसारमा भएका पञ्चतत्व
पृथ्वी, जल, तेज, वायु र आकाशको प्रभाव यसरी सही तरिकाले पर्ने गरी बनाइएको घर नै वास्तुशास्त्रअनुसार उत्तम घर हो ।

ad
ad