१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १ सोमबार १५:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष तिमिल्सिनासँग अस्ट्रेलियाकी राजदूतको शिष्टाचार भेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १ सोमबार १५:२१:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छिन्।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको बताइएको छ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अस्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे। उनले धेरै नेपाली विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्यको रूपमा अस्ट्रेलिया पर्न थालेको बताउँदै नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थी लाभान्वित हुन सक्ने उल्लेख गरे।

विद्यार्थीसँगै विभिन्न पेसा र व्यवसायमा संलग्न ठूलो संख्यामा नेपाली अस्ट्रेलियामा रहेको बताउँदै उनले अस्ट्रेलिया र नेपालका बीचमा सीधा हवाई उडान सञ्चालन गर्न सके त्यसबाट दुवै देशले लाभ लिन सक्ने कुरामा जोड दिए।

राजदूत भोल्कले अस्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोवास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको जानकारी गराइन्।

राजदूत भोल्कले नेपाललाई अस्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टोबरमा अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराइन्।