१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार ११:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:४५:oo

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्। 

आज शोक–वक्तव्य जारी गर्दै उनले दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका हुन्। संविधानसभाबाट संविधान निर्माण गरी जारी गर्ने प्रक्रियामा नेम्वाङको अतुलनीय योगदान रहेको पूर्वसभामुख सापकोटाले स्मरण गरे। 

नेम्वाङले शालीन र समन्वयकारी भूमिकामार्फत सिंगाे राजनीतिक वृत्तमा फरक छवि र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै पूर्वसभामुख सापकोटा नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व तहमा रहेर लोकतन्त्र, सामाजिक न्याय र समतामूलक समाज निर्माणमा नेता नेम्वाङले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन्। 

एमाले उपाध्यक्ष नेम्वाङको गएराति हृदयाघातका कारण निधन भएको थियो।

ad
ad